एन्फा उपाध्यक्ष दावा लामा पक्राउ – Nepal Press

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लागू औषध मुद्दामा दोषी ठहर भएका लामालाई कैद भुक्तानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई लामालाई पक्राउ गरेर अदालत पेश गर्ने तयारी गरिरहेको छ ।

लामालाई बुधवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

ब्राउन सुगर मुद्दामा अदालतबाट दोषी ठहर भएर पनि उनी पक्राउ पर्न सकेका थिएनन् । यहीबीचमा उनी एन्फा उपाध्यक्ष बनेका थिए ।

लामालाई ५ वर्ष कैद सजाय भएकामा करिब ४ वर्ष भुक्तान हुन बाँकी थियो। गएको एन्फा निर्वाचनमा उनी उपाध्यक्ष निर्वाचित भएका थिए। त्यसअघि उनी केन्द्रीय सदस्य थिए । बी डिभिजन क्लब प्लानिङ ब्वाइजबाट उनी एन्फामा छिरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *