एलिनाको विहेमा अस्मिता र समीक्षा छुट्ने, हल्दी-मेहेन्दीमै पुगे एञ्जिला र मेलिना (तस्बिरहरु) – Nepal Press

एलिनाको विहेमा अस्मिता र समीक्षा छुट्ने, हल्दी-मेहेन्दीमै पुगे एञ्जिला र मेलिना (तस्बिरहरु)

काठमाडौं । गायिका एलिना चौहानको झापा बिर्तामोडस्थित घरमा विवाहको रौनक छ । एलिनालाई भोलि सिन्दुर हाल्न बागलुङबाट बिष्णु सापकोटा झापा आइसकेका छन् ।

हिजो मात्रै साइप्रसबाट फर्केकी एलिनाले आज हतारमा हल्दी र मेहन्दी समारोह आयोजना गरिन् । कार्यक्रममा एलिनाका परिवार, आफन्त र साथीभाइहरुको उपस्थिति थियो ।

सांगीतिक क्षेत्रमा एलिनका निकट साथीहरुमध्ये एन्जिला रेग्मी र मेलिना मैनाली एलिनालाई साथ दिन उनको घरमा पुगेका छन् । उनीहरु हल्दी र मेहेन्दीको रौनकमा सहभागी भए ।

भोलि विवाहमा काठमाडौंबाट थुप्रै गायक-गायिकाहरु जाँदैछन् । एलिनाका समकालीन गायिकाहरुमध्ये समिक्षा अधिकारी र अस्मिता अधिकारी भने विवाहमा छुट्ने भएका छन् ।

उनीहहरु दुवै विदेश भ्रमणमा रहेकाले एलिनाको बिहे हेर्न नपाउने भएका हुन् । अस्मिता गत १४ अप्रिलमा आयोजना भएको एनआरएनए म्युजिक फेस्टिभलका लागी थाइल्यान्डको फुकेट पुगेकी छिन् । समिक्षा भने हिजो मात्रै जापान उडेकी छन् ।

अर्की गायिका रचना रिमाले भने विवाहमा जाने छिन् । उनी अहिले झापामा नै छिन् । आज सञ्चो नभएको र बेलुका कार्यक्रम पनि भएकाले हल्दी–मेहेन्दीमा भने जान नपाएको रचनाले बताइन् ।

एलिनाले बाग्लुङका विष्णु सापकोटासँग लगनगाँठो कस्न लागेकी हुन् । बिष्णु दुलाहाकै पहिरनमा सजिएर आज बाग्लुङबाट जन्ती लिएर झापा पुगेका छन् । विवाह भोलि एलिनाकै घरमा परम्परागत रितिरिवाजअनुसार हुनेछ ।


प्रतिक्रिया

One thought on “एलिनाको विहेमा अस्मिता र समीक्षा छुट्ने, हल्दी-मेहेन्दीमै पुगे एञ्जिला र मेलिना (तस्बिरहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *