गृहमन्त्री लामिछानेको राजीनामा माग्दै राप्रपा कास्कीले निकाल्यो राँके जुलुस – Nepal Press

गृहमन्त्री लामिछानेको राजीनामा माग्दै राप्रपा कास्कीले निकाल्यो राँके जुलुस

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीले गृहमन्त्री रवी लामिछानेको राजीनामा माग गरेको छ । राप्रपा सैनिक संगठन र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले मंगलबार पोखरा पृथ्वीचोकमा राँके जुलुस गर्दै गृहमन्त्री लामिछानेको राजीनामा मागेको हो ।

राप्रपाले चैत २७ गते गरेको प्रदर्शनमा भएको प्रहरी दमन र सहकारी विषयमा गृहमन्त्री राजीनमा दिनुपर्ने राप्रपा कास्कीका प्रवक्ता अरुन गिरीले बताए । सहकारीको विषयमा छानविन गर्न गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त्र गर्नुपर्ने उनको भनाइ छ । ‘सहकारीपीडितको न्यायका लागि उहाँले राजीनामा दिनुपर्छ । छानविनका लागि उहाँले मार्ग प्रशस्त्र गर्नुपर्छ ।’

राप्रपाको चैत २७ गतेको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीका फोहरा र लाठीचार्ज गर्दा केही घाइते भएका थिए । जसमध्ये घाइते एकजनाको मृत्यु थियो । राप्रपाले उक्त मृतकलाई शहिद घोषणा गर्न राप्रपाले माग गरेको छ ।


प्रतिक्रिया

One thought on “गृहमन्त्री लामिछानेको राजीनामा माग्दै राप्रपा कास्कीले निकाल्यो राँके जुलुस

  1. गृहमन्त्रीले राजिनामा दिनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर