एमालेलाई गगन थापाको प्रस्ताव- संवादमा बस्न अब ढिला नगरौँ – Nepal Press

एमालेलाई गगन थापाको प्रस्ताव- संवादमा बस्न अब ढिला नगरौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय मुद्दामा अब कांग्रेस र एमालेबीच संवाद गर्न ढिला गर्न नहुने बताएका छन्।

संवाद यात्राका क्रममा कञ्चनपुर पुगेका थापाले सरकार बनाउने विषयमा नभई संविधान कार्यान्वयन र निर्वाचन प्रणाली फेर्ने विषयमा एमालेसँग मिल्नुपर्ने बताए।

त्यसबारे उनको भनाइ जस्ताको त्यस्तै:

सरकार गठनको विषयमा एमाले र कांग्रेस मिल्नुपर्छ भन्ने विषयमा प्रवेश गर्‍यौँ भने हाम्रो समझदारी सत्ता निर्माणमा लगेर टुंग्याउँछौं। कम्तीमा एक वर्ष अहिलेको गठबन्धनको सरकारलाई नचालाऔं तर, राष्ट्रिय राजनीतिमा यति धेरै मुद्दाहरू छन् जसले गर्दा कांग्रेस र एमालेको विषयमा संवाद सुरु नगरी यो विषयमा समाधान नै हुन सक्दैन। हामी दुइटाको बीचमा समझदारी बनेपछि अरूलाई जोड्ने हो।

संविधान कार्यान्वयन, निर्वाचन प्रणाली अर्को कुरा हाम्रो अर्थतन्त्र संकटमा पुगिसक्यो अब जोखिम नउठाई हुँदैन त्यो कुरामा पनि कांग्रेस एमालेसँग डराउने, एमाले कांग्रेससँग डराउने अनि साना साना पार्टीहरूले चाहिँ यति मिलौँ कि उता मिलौँ भनेर हामीलाई तर्साइराख्ने त्यसैले सरकारको चक्करतिर लाग्दै नलागौँ, उहाँहरूले नै चलाउनुहुन्छ। त्यसका लागि कांग्रेस र एमालेका बीचमा छलफलको पहल गर्न अब ढिला गर्नुहुँदैन। हामीबीचमा सहमति हुन सकेन भने यो समस्या अझै धेरै बढ्दै जान्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर