भारतको कूटनीतिमा पनि चुनावी असर : आयरल्यान्डका लागि भारतीय राजदूतको वक्तव्य दुवै देशमा विवादित – Nepal Press

भारतको कूटनीतिमा पनि चुनावी असर : आयरल्यान्डका लागि भारतीय राजदूतको वक्तव्य दुवै देशमा विवादित

काठमाडौं । भारतको केन्द्रीय चुनावको मुद्दाको बहस भारतको कूटनीतिमा पनि छोएको छ । आयरल्यान्डका लागि भारतीय राजदूत अखिलेश मिश्रले दिएको अभिव्यक्तिले भारत तथा आयरल्यान्ड दुवै देशमा विवाद भएको छ ।

आइरिस टाइम्सले लेखेको सम्पादकीयमा भारतको आलोचना भएपछि दूतावासको सामाजिक सञ्जालबाट प्रतिक्रिया दिइएको थियो ।

पाँच दिन अगाडि प्रकाशन भएको इरिस टाइम्सको सम्पादकीयमा भारत असहिष्णु हिन्दू प्रथम बहुमतवादमा प्रवेश गरेको तथा मोदीको व्यक्तित्व विवादित, मुस्लिम विरोधी भए पनि ८० प्रतिशत हिन्दू भएको देशमा उनले तेस्रो पटक जित्ने निश्चित भएको लेखेको थियो । यही सवालमा राजदूत मिश्रले प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रियामा उनले मोदीको अभूतपूर्व लोकप्रिय भएको र भारतको अर्थतन्त्र बढ्दो र बलियो भएको लेखेका थिए । त्यसमा उनले विगत पचपन्न वर्षदेखि चलेको वंशवादको भ्रष्टाचार विरुद्ध मोदी लडेको भन्दै उनले भारतको कांग्रेस दललाई समेत जोडेर आलोचना गरेका थिए । चुनावको मुखमा विपक्षीलाई आलोचना गरेपछि राजदूत मिश्रको आलोचना भएको छ ।

भारतीय अनलाइन दि प्रिन्ट अनुसार मिश्रले दिएको प्रतिक्रियाको भारतीय कांग्रेसले विरोध गरेर उनी देशको होइन दलको राजदूत भएको आरोप लाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर