राष्ट्रिय राजनीतिका कारण महत्वपूर्ण ऐन कानून समयमा बन्न सकेनन् : अध्यक्ष दाहाल (भिडिओ) – Nepal Press

राष्ट्रिय राजनीतिका कारण महत्वपूर्ण ऐन कानून समयमा बन्न सकेनन् : अध्यक्ष दाहाल (भिडिओ)

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय राजनीतिका कारण महत्वपूर्ण ऐन कानूनहरु समयमा नै बन्न नसकेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा संसदीय मामिला सम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरुसंगको छलफलका क्रममा दाहालले कुनै व्यक्तिगत कारण नभई राष्ट्रिय राजनीतिको अहिलेको अवस्थाका कारण संविधान बनेको लामो समयसम्म पनि महत्वपूर्ण ऐन कानूनहरु बन्न नसकेको बताएका हुन् ।

अध्यक्ष दाहालले संविधानको कार्यान्वयनका लागि संघीय शासन व्यवस्था अनुसारका थुप्रै ऐन बनाउनु पर्ने काम अझैं बाँकी रहेकाले यसतर्फ बिशेष ध्यान दिइने जिकिर गरे ।

राष्ट्रियसभाले आफुले आफुलाई चिनाउन आफैं सुदृढ हुन जरुरी रहेकाले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए । उनले आफ्नो कार्यकालमा अधिकतम राम्रो गर्ने प्रयास गर्ने र नराम्रो गर्यो भन्ने अवस्था आउन नदिने जिकिर गरे ।

त्यस्तै, उनले राष्ट्रियसभा सदस्यहरुलाई विज्ञ, ज्ञाता बनाउन निरन्तर छलफल गर्ने र राष्ट्रियसभालाई प्रभावकारी बनाउदै लैजाने प्रतिवद्धता जनाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर