राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्नेबारे शिक्षामन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच छलफल – Nepal Press

राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्नेबारे शिक्षामन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच छलफल

राजनीति गरिरहेका शिक्षक पहिचान गर्नमा निर्वाचन आयोगबाट सहयोगको अपेक्षा छ: शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कारबाही गर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच छलफल भएको छ ।

शिक्षकले राजनीतिक दलको सदस्यता लिएको, सक्रिय राजनीति गरेको विषयमा मन्त्रालयमा उजुरी प्राप्त भएपछि मन्त्रालयले छलफल अघि बढाएको हो ।

प्रचलित कानुनले शिक्षकलाई राजनीति गर्नबाट बन्देज गरेकोले ती कानुन कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

छलफलमा शिक्षा मन्त्रीले राजनीति गरिरहेका शिक्षक पहिचान गर्नमा निर्वाचन आयोगबाट सहयोग मागेकी छन् । उनले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग भनिन्, ‘शिक्षा क्षेत्रबाट दलीय राजनीति हटाउने विषयमा त आम सहमति जस्तै भइसकेको छ । अब, कसरी हटाउने भन्ने विषयमा हामीले छलफल गरिरहेका छौँ । मन्त्रालयले प्रमाण जुटाउन चाहिने विवरण निर्वाचन आयोगबाट प्राप्त हुने अपेक्षा गरेको छ।’

छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले विद्यमान कानुन, विगतमा अदालतबाट भएका फैसला र अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर दलमा आबद्ध शिक्षक र कर्मचारीलाई कारबाही गर्न कुनै समस्या नरहेको बताएका छन् ।

उनले भने, ‘विगतमा निर्वाचन आयोगले निर्णय नै गरेको छ । कानुन कार्यान्वयन गराउन निर्वाचन आयोगको सहयोग रहन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर