प्रधानमन्त्रीलाई झलनाथको आग्रह- पूर्वसहमति अनुसार सुदूरपश्चिमको नेतृत्व हामीलाई दिएर विवाद मिलाउनुस् – Nepal Press

प्रधानमन्त्रीलाई झलनाथको आग्रह- पूर्वसहमति अनुसार सुदूरपश्चिमको नेतृत्व हामीलाई दिएर विवाद मिलाउनुस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीसँग पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको नेता खनालले बताए।

प्रधानमन्त्रीसँग सुदूरपश्चिम प्रदेश सरकार गठनको विषयमा देखिएको समस्याको विषयमा पनि छलफल भएको बताए।

उनले नेपाल प्रेससँग भने- सुदूरपश्चिममा अहिले जुन समस्या देखा परेका छन्, त्यसलाई समाधान गर्नको लागि समीकरणभित्रका दलहरूलाई एक आपसमा छलफल गरेर समस्याको समाधान गर्नुपर्छ। अहिलेको हकमा चाहिँ नेकपा एसलाई मुख्यमन्त्री दिने समझदारी कार्यान्वयन गर्नबारे छलफल भयो।

उनले आफ्नो आग्रहमा प्रधानमन्त्री पनि सकारात्मक रहेको बताए।

नेता खनालले थपे- केही दिनमा मुख्यमन्त्री हामीलाई दिने सहमति बन्ला। शीर्ष नेताहरू बस्दै हुनुहुन्छ। त्यहाँबाट हल होला।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपा एसलाई दिने सहमति गरेका थिए। तर, त्यो सहमति विपरीत उनीहरूले रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्तिलाई दिने सहमति अर्को सहमति गरेपछि माधव नेपालले विद्रोह गरेर कांग्रेस समर्थित समीकरणलाई सहयोग गरेका छन्।

सुदूरपश्चिम प्रदेशको नेतृत्वको विषयलाई लिएर नाउपा पनि विभाजित छ। कांग्रेस, नेकपा एस र राप्रपाको समर्थन जुटाएर नाउपाका रेशम चौधरी निकट लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

त्यस्तै एमाले र माओवादीको समर्थनमा रञ्जिता पक्षका कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। गठबन्धनभित्र विवादसँगै नाउपाभित्रबाटै दोहोरो मुख्यमन्त्रीको दाबी प्रस्तुत भएपछि प्रदेश प्रमुख कानूनी परामर्शमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर