संसदीय समितिको बैठक सुरु हुन ढिलाइ भएपछि उपप्रधानमन्त्री श्रेष्ठ बाहिरिए – Nepal Press

संसदीय समितिको बैठक सुरु हुन ढिलाइ भएपछि उपप्रधानमन्त्री श्रेष्ठ बाहिरिए

काठमाडौं । संसदीय समितिको बैठक सुरु हुन ढिलाइ भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ बैठकबाट बाहिरिएका छन् ।

मङ्गलवार बिहान साढे १० बजेका लागि बोलाइएको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पौने ११ बजेसम्म पनि सुरु नभएपछि मन्त्री बैठकबाट बाहिरिएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठ बैठक बोलाइएको ठिक समय साढे १० बजे आइपुगेको भए पनि समितिको बैठकमा समितिका सदस्यको गणपूरक संख्या नपुगेका कारण बैठक सुरु हुन ढिलाइ भएको हो । समितिको बैठकमा आठ जना सांसद मात्रै आइपुगेका थिए ।

मन्त्री बाहिरिएपछि भने बैठक बस्नका लागि गणपूरक संख्या पुगेको छ । यद्यपि बैठकबाट मन्त्री नै बाहिरिएपछि बैठक सुरु गर्ने कि नगर्ने भन्नेमा समिति सभापति अलमलमा परेका छन् ।

नेपाल सरकार (मन्त्रीस्तर) बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणको विवरण, उद्देश्य एवं उपलब्धि, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगको विवरण, तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्ष तथा विविध विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर