द्वन्द्व रोक्न आवश्यक छ, इजरायलको सुरक्षामा प्रतिवद्ध छौँः बाइडेन – Nepal Press

द्वन्द्व रोक्न आवश्यक छ, इजरायलको सुरक्षामा प्रतिवद्ध छौँः बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको सुरक्षाप्रति आफ्नो देशको प्रतिवद्धता दोहोर्‍याएका छन् ।

ह्वाइट हाउसको ओभल अफिसमा इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुडानीसँगको भेटमा बाइडेनले यस्तो बताएका हुन् । उनले द्वन्द्वलाई थप फैलिन नदिने आवश्यकतालाई जोड दिए । उनले युद्धविरामका लागि प्रतिवद्ध रहेको पनि बताए ।

इरानले शनिवार इजरायलकोविरुद्ध ठूलो आक्रमण गरेपछि बाइडेनको पहिलो सार्वजनिक टिप्पणी हो । बाइडेन प्रशासनले इरानी आक्रमण र सम्भावित इजरायली सैन्य प्रतिक्रियाले अन्यथा निम्त्याउने फराकिलो क्षेत्रीय युद्धलाई रोक्न कोशिस गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर