उमेशराज जोशी र भीमप्रसाद ढकाल एआईजीमा बढुवाका लागि सिफारिस – Nepal Press

उमेशराज जोशी र भीमप्रसाद ढकाल एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका २ नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजींमा बढुवा सिफारिस भएका छन्।

गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा समितिको सोमबार बसेको बैठकले प्रहरीको जनपद समूहतर्फका२ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवाका लागि सिफारिस हुने डीआईजीमा उमेश राज जोशी र भिम प्रसाद ढकाल रहेका छन् । उमेर हदका कारण डीआईजी सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङ अवकाशमा जाँदैछन् ।

सूचनामा भनिएको छ,प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद ११ नियम १२७ (१) को देहाय (क) (२) बमोजिम नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या २ (दुई) मा बढुवा गर्न सोमबार बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप(नियम (४)अनुसार प्रकाशित गरिएको छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर