पोखरामा यू-१४ पल्सर सीईसी फ्रेन्डली सिरिज सुरु – Nepal Press

पोखरामा यू-१४ पल्सर सीईसी फ्रेन्डली सिरिज सुरु

काठमाडौं । कास्की जिल्ला क्रिकेट संघको समन्वय र पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी)को आयोजनामा सोमबार पोखरामा यू-१४ पल्सर सीईसी फ्रेन्डली सिरिज सुरु भएको छ ।

६ वटा टी-२० खेलको सिरिजमा कास्की जिल्लाद्वारा सञ्चालित सेन्टर क्रिकेट एकेडेमीले काठमाडौंको सीईसीसँग खेल्नेछ ।

सोमबार दुई खेलमा दुवै टोलीले एकएक जीत हात पारे । परीक्षा सकेर बसेका स्कुलका विद्यार्थीहरुलाई लक्षित गरी सञ्चालित प्रशिक्षणबाट कास्की जिल्ला क्रिकेट संघले सीईसीसँग खेल्ने टीम तयार गरेको थियो ।

यी दुई टोलीबीच तीन वटा एक दिवसीय खेल पनि हुनेछ ।

गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले सोमबार बिहान म्याच अफिलियललाई बल हस्तान्तरण गर्दै सिरिजको उद्घाटन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *