च्याटजीपीटीभन्दा बहुउपयोगी माइक्रोसफ्टको ‘को-पाइलट’ एक महिना निःशुल्क – Nepal Press

च्याटजीपीटीभन्दा बहुउपयोगी माइक्रोसफ्टको ‘को-पाइलट’ एक महिना निःशुल्क

काठमाडौं । माइक्रोसफ्टले आफ्नो एआई असिस्टेन्ट ‘को-पाइलट’ एप्लिकेशन एक महिनाका लागि निशुल्क उपलब्ध गराइरहेको छ । माइक्रोसफ्टले ‘को–पाइलट’ को मोबाइल एप्लिकेशन डाउनलोड गर्नेहरुका लागि एक महिनाको परीक्षण स्वरुप निःशुल्क दिने लागेको हो ।

को–पाइलटले लिखित र भ्वाइस दुवैमा नेचुरअल भाषा बुझ्ने गर्दछ । अर्थात जो कसैले आफ्नो भाषमा को–पाइलटलाई असिस्ट गर्न सक्दछ । यसका साथै कोडिङ गर्ने भाषामा पनि यसलाई असिस्ट गर्न सकिन्छ । को–पाइलटको विशेषता भनेको एउटै प्लेटफर्ममा च्याटजीपीटीसँग समस्याको समाधान खोज्नेदेखि एआई फोटोहरु बनाउनेसम्म छन् ।

प्रयोगकर्ताहरुले आफ्नो खोज तथा अनुसंधानका लागि यसको राम्रो प्रयोग गर्न सक्छन् ।

माइक्रोसफ्टको ‘को–पाइलट’ च्याटजीपीटी–४ भन्दा बढी प्रभावशाली रहेको कम्पनीले दाबी गरेको छ । त्यस्तै, एआई फोटो जेनेरेटर डेल–ई–३ संगै एआई फोटोहरु क्रियट गर्न सक्ने जनाइएको छ । माइक्रोसफ्टले को–पाइलटको पहिलो भर्जन सार्वजनिक गरेसँगै अहिले को–पाइलट प्रो पनि ल्याइसकेको छ । नयाँ को–पाइलट प्रोलाई ब्राण्डिङ गर्नका लागि माइक्रोसफ्टले एक महिने निःशुल्क प्रयोग दिइरहेको छ ।

को–पाइलट वेब र एप्लिकेशनमा दुबैमा उपलब्ध रहेको छ । जसका लागि माइक्रोसफ्ट अकाउन्टमार्फत साइन इन÷लग इन गरेर प्रयोगकर्ताहरुले एक महिनाका लागि निशुल्क प्रयोग गर्न सक्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर