सुजल फुड्सको नयाँ उत्पादन चोकोफन जोय बजारमा – Nepal Press

सुजल फुड्सको नयाँ उत्पादन चोकोफन जोय बजारमा

काठमाडौं । सुजल फुड्स प्रालिले आफ्नो नयाँ उत्कृष्ट प्रस्तुति चोकोफन जोय बजारमा ल्याएको छ । चोकोफन जोय नेपालकै पहिलो स्क्वायर मौल्डेड उत्पादन रहेको सुजलको दाबी छ । जुन पर्याप्त मात्रामा न्यूनतम मूल्यमा उपभोक्तामाझ प्रस्तुत गरिएको छ ।

यसले विदेशी चकलेटको निर्भरतालाई तोडेर नेपालमै अन्तर्राष्ट्रियस्तरको सजिलो, सस्तो र उच्च कोटीको चोकोफन जोय चकलेटको मज्जा लिन सकिने कम्पनीको दाबी छ ।

वर्गाकार आकारमा कोकोआको अनुपम स्वाद र मिठासले भरिपूर्ण चोकोफन जोय स्वादिष्ट रहेको र यो मुखमा राख्नासाथ पग्लिन्छ र आनन्द प्रदान गर्छ ।

गुलाबी र बैजनी रङमा प्याकेजिङ गरिएको चोकोफन जोयको डिजाइन आकर्षक र प्रिमियम छ भने सुन्दर चम्किलो सुनौलो जोयको फन्टले चोकोफन जोयको प्याकेजिङलाई बढी उत्कृष्ट र आकर्षक देखाएको छ । प्याकको बाहिरी भागमा चकलेटको डिजाइन पनि आकर्षक ढङ्गमा देखाइएको छ।

चोकोफन जोय जार र बक्स दुबैमा उपलब्ध छ । दुबैमा उत्पादनका विशेषताहरू स्पष्ट रूपमा देखाइएको छ । जारभित्रको उत्पादन पनि सजिलै देख्न सकिन्छ । चोकोफन जोय ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्धछ जुन आकर्षक छ र यसले उत्पादनलाई सुन्दर र प्रिमियम बनाएको छ । यसको कार्टुन बक्स पनि चम्किलो बैजनी रंगमा उपलब्ध छ । चोकोफन जोयमात्र १० रुपैयाँको अधिकतम खुद्रा मूल्यमा ८ ग्रामको माउथ फुल साइजमा बजारमा उपलब्ध छ।

चोकोफन जोयको उत्पादन संसारकै अत्याधुनिक चकलेट उत्पादन प्रविधिको प्रयोग गरी अटोमटिक मसिनरीबाट अति स्वस्थकर वातावरणमा गरिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चापदार्थ प्रयोग गरिएको चोकोफन जोयको गुणस्तर तथा स्वादमा एकरुपता हुन्छ ।

सुजलले विगत ५० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन र बिक्री वितरण गर्दै आएको छ । कम्पनीको लोकप्रिय ब्रान्डहरुमा चोकोफन, क्रेभ, रसिलो, फ्रेशो, क्याण्डीम्यान र फ्रेसडेन्ट आदि पर्छन् जसले लाखौं उपभोक्ताको वर्षौंदेखि मन जित्न सफल रहेको छ ।

त्यसैगरी चोकोफन जोयको अनुपम स्वाद र मिठासले उपभोक्ताहरुको मन जित्न सफल रही बालबालिका तथा युवाहरुको जीवनको अभिन्न अंग भै धेरै रमाइलो र खुसी प्रदान गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर