‘इलम इलाम’ अवधारणासहित कांग्रेस उम्मेदवार खड्काले अघि सारे ८ मुद्दा – Nepal Press

‘इलम इलाम’ अवधारणासहित कांग्रेस उम्मेदवार खड्काले अघि सारे ८ मुद्दा

काठमाडौं । इलाम क्षेत्र नं २ का लागि नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ वटा मुद्दा अगाडि सारेका छन् । यही वैशाख १५ मा हुने उपनिर्वाचनको लागि उम्मेदवार खड्काले ‘इलम इलाम’ अवधारणसहित ८ वटा मुद्दा अगाडि सारेका हुन् ।

उनले अभिभावक कृषि बैंक तथा बीमा, बाटोदेखि विकाससम्म, इलमी इलामेली शिक्षा, इलामेली उद्यमशीलता स्कूल र इलाम लगानी सम्मेलन २०८२ लाई मुद्दा बनाएका छन् ।

यस्तै इलाम भ्रमण वर्ष २०८२, इलाम डिजिटाइजेसन २.० र प्रबुद्ध कार्यान्वयन समूह उम्मेदवार खड्काका मुद्दा बनेका छन् ।

उनले ‘इलम इलाम’ अवधारणाले इलाम- २ वासीको आवश्यकता, आकांक्षा, मर्म र अनुभूति आत्मसात गरेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर