थ्रेसरमा च्यापिएर कञ्चनपुरमा महिलाको मृत्यु – Nepal Press

थ्रेसरमा च्यापिएर कञ्चनपुरमा महिलाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आज गहुँ चुट्ने क्रममा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले गहुँ चुट्ने क्रममा थ्रेसरमा च्यापिएर भीमदत्त- ९ का ४२ वर्षीया कौशादेवी जोशीको मृत्यु भएको जानकारी दिए ।

घटनापछि ट्र्याक्टर र चालक पारस कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

‘महिलाको शव परीक्षणका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पु¥याइएको छ’, प्रवक्ता जोशीले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ ।’ रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर