गृहमन्त्रीमाथि छानबिन समितिको माग कांग्रेसको राजनीतिक ‘सक’ : प्रदीप ज्ञवाली – Nepal Press

गृहमन्त्रीमाथि छानबिन समितिको माग कांग्रेसको राजनीतिक ‘सक’ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सदनमा कांग्रेसको विरोध सरकारबाट अप्रत्यासित हट्नुपर्दाको राजनीतिक ‘सक’ भएको टिप्पणी गरेका छन् ।

गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने कांग्रेसको माग प्रतिशोधपूर्ण रहेको उनको जिकिर छ ।

सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले भने, ‘कांग्रेसका साथीहरूले बेलाबेला हँसाउनु हुन्छ । आफूले प्रधानमन्त्री अफर गरिरहँदा त्यो व्यक्ति योग्य हुने । तर, आफूले भनेजस्तो नभन्दा एकोहोरो खेदिरहने ? स्पष्टीकरण त दिन पाउनुपर्छ नि अर्गेल्याइँ किन गरेको ? उहाँहरू गठबन्धन २० वर्षसम्म जान्छ भनिरहनुभएको थियो । सरकारबाट अप्रत्यासित हट्नुपर्दा राजनीतिक सक्डको अभिव्यक्तिमात्र हो त्यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर