फिलिपिन्सका पूर्वराष्ट्रपति भन्छन्- अमेरिका हाम्रो लागि मर्दैन, अमेरिकी सैन्य शिविर हटाउनुपर्छ – Nepal Press

फिलिपिन्सका पूर्वराष्ट्रपति भन्छन्- अमेरिका हाम्रो लागि मर्दैन, अमेरिकी सैन्य शिविर हटाउनुपर्छ

काठमाडौं । फिलिपिन्सका पूर्वराष्ट्रपति रोद्रिगो दुतेर्तेले अमेरिकाले फिलिपिन्सको लागि ज्यान नदिने बताएका छन् ।

चिनियाँ अखबार ग्लोबल टाइम्ससँग कुराकानी गदै दुतेर्तेले चीन र फिलिपिन्सको दक्षिणी चीन सागरको समस्या आफैँ मिलाउनुपर्ने बताएका छन् ।

आफू अहिले राष्ट्रपति नभएको भन्दै उनले आफू भएको भए फिलिपिन्समा भएका अमेरिकी सैन्य शिविरहरू हटाउने बताएका छन् ।

अमेरिकालाई आफ्ना जहाज राख्न आवश्यक लन्चप्याडहरु धेरै भएको भन्दै दुतेर्तेले आफ्नो देशमा सैन्य शिविर आवश्यक नभएको बताए ।

ताइवानको मुद्दामा आफूले केहि नसोच्ने उनले बताए । उनले भने, ‘ताइवान चीनको प्रान्त हो । ताइवान स्वतन्त्र बन्न खोजिरहेको छ । अमेरिकाले समर्थन गरिरहेको छ । यो थाहा पाइपाइ गरिरहेको छ कि यो गैरकानूनी हो ।’

चीन र फिलिपिन्सको सैन्य गस्ती बोटहरूको पटक पटक आमनेसामने तनाव भइरहेको तथा फिलिपिन्स, जापान र अमेरिकाले संयुक्त अभ्यास गर्न लागेको समयमा दुतेर्तेको यस्तो टिप्पणी आएको हो । दुतेर्ते चीन पक्षधर फिलिपिन्सका राष्ट्रपति मानिन्थे । उनी सन २०१६ बाट सन २०२२ सम्म राष्ट्रपति थिए ।

उनी पछि आएका राष्ट्रपति फर्डिनान्ट बोङबोङ रोमुएल्देज मार्कोस जुनियर चैँ अमेरिका पक्षधर मानिन्छन् । उनी आएपछि चीनसँग आमनेसामने भएर दक्षिणी चीन सागरमा तनावको वातावरण सुरु भएको हो जसलाई चीन तथा अमेरिकी पक्षधरले आफ्नो आफ्नो तरिकाले व्याख्या गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर