बैतडीमा पैसा लिन बैंक जान्छु भनेर हिँडेकी महिला ३ दिनदेखि बेपत्ता – Nepal Press

बैतडीमा पैसा लिन बैंक जान्छु भनेर हिँडेकी महिला ३ दिनदेखि बेपत्ता

काठमाडौं । बैतडीमा एक महिला तीन दिनदेखि बेपत्ता भएकी छन् । जिल्लाको डिलासैनी गाउँपालिका ७ धामीगाउँ स्थायी ठेगाना भएकी वर्ष ३२ की धिरा विष्ट (धामी) बेपत्ता भएकी हुन् ।

स्थानीय बजार गोकुलेश्वर पैसा लिन जान्छु भनेर घरबाट हिँडेकी धामी तीनदेखि सम्पर्कविहीन भएको स्थानीय दिलेन्द्र धामीले बताए ।

उनले भने, ‘घरबाट पैसा लिन्छु भनेर जानुभएको कुरा उहाँको श्रीमानले भन्नुभएको छ । दाइले बैंकमा पठाएको पैसा लिन्छु भनेर जानुभएको तर अहिले सम्पर्कमा हुनुहुन्न ।’

बेपत्ता धामीको खोजीका लागि सहयोग गर्न परिवारले आग्रह गरेको छ । श्रीमानसँग उनको सम्बन्ध राम्रो नभएको र अहिले छुट्टै बस्दै आएको बताइएको छ । यसअघि पनि उनी ६ महिनाभन्दा बढी समय सम्पर्क विहीन भएकी थिइन् ।

उनलाई कसैले देखेमा नजिकको प्रहरी वा मोबाइल नम्बर ९८६१६५१४७४ सम्पर्क गरी सहयोग गर्न परिवारले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *