टर्कीमा केबलकार दुर्घटना : २३ घण्टापछि उद्धार – Nepal Press

टर्कीमा केबलकार दुर्घटना : २३ घण्टापछि उद्धार

काठमाडौं । टर्कीको दक्षिणी भागमा भएको केबलकार दुर्घटनामा परेकाहरूको २३ घण्टापछि उद्धार गरिएको छ ।

फ्रान्सेली विश्व च्यानल फ्रान्स २४ का अनुसार शनिवार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने १७४ को उद्धार गरिएको छ ।

फ्रान्सको पर्यटकीय सहर नातान्यामा उक्त दुर्घटना भएको थियो । १० हेलिकप्टर र ६०० उद्धारकर्ताहरूले खटेर सबैको उद्धार भएको थियो ।

टर्कीले दुर्घटनापछि केबलकारका व्यवस्थापकसहित १३ जनलाई पक्राउ गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर