ओलीको आरोप- जनताको नाम लिएर कांग्रेसले सदनमा कुण्ठा पोख्यो (भिडिओ) – Nepal Press

ओलीको आरोप- जनताको नाम लिएर कांग्रेसले सदनमा कुण्ठा पोख्यो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस संसदीय मर्यादामा चल्न नसकेको आरोप लगाएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले आक्रोश र पीडाले जे पायो त्यही बोलिरहेको टिप्पणी गरे । सहमतिका साथ अघि बढ्न एमालेले समन्वयकारी काम गरेको भन्दै कांग्रेस तर्कमा आउन नसकेको उनको ओलीको जिकिर छ ।

जनताको नाम लिएर कांग्रेसले सदनमा आफ्नो कुण्ठा पोख्ने काम गरेको भन्दै ओलीले उत्तेजना नभई संयमित ढंगले विधिअनुसार समाधान खोज्नुपर्नेमा जोड दिए । कांग्रेसको विरोधका कारण नभई बजेट तयारीका लागि अहिलेको अधिवेशन अन्त्य गरिएको उनको प्रष्टोक्ति थियो ।

बजेट अधिवेशनका लागि १५ दिनको ग्याप राख्नुपर्ने र जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक अवस्थालाई बुझ्नुपर्ने ओलीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर