टोटनहमविरुद्ध न्युक्यास्टलको शानदार जित – Nepal Press

टोटनहमविरुद्ध न्युक्यास्टलको शानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा टोटनहमविरुद्ध शानदार जित निकाल्दै न्युक्यास्टलले कम्तिमा पाँचौ स्थानमा उक्लने आफ्नो अभियानलाई बलियो बनाएको छ ।

शनिवार राती भएको खेलमा पूरा समय टोटनहमाथि हावी हुँदा नुक्यास्टलले ४–० को शानदार जित दर्ता गरेको हो ।

खेलको ३० औं मिनेटमा एलेकजेन्डर इसाकले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि अर्थात खेलको ३२ औं मिनेटमा गोर्डनले गोल गरेपछि न्युक्यास्टलको अग्रता २-० भयो ।

पहिलो हाफमा २-० को अग्रता लिएको न्युक्यास्टलले दोश्रो हाफमा पनि थप दुई गोल गर्न सफल भयो । खेलको ५१ औं मिनेटमा एलेकजेन्डरले ब्यक्तिगत दोश्रो गोल गरेपछि न्युक्यास्टल फराकिलो जित तर्फ अघि बढ्यो ।

खेलमा फ्यावियन स्कारले न्युक्यास्टलको लागि ८७ औं मिनेटमा गोल गरेपछि खेल टोटनहमले फराकिलो हार बेहोर्न बाध्य बन्यो ।
खेलपछि न्युक्यास्टलको ३२ खेलबाट ५० अंक भएको छ र उ लिगको ६ औं स्थाममा छ । समान खेलबाट टोटनहम ६० अंकसहित पाँचौ स्थानमा छ ।

शनिबार भएका अन्य खेलमा नटिङघम फरेस्ट र वुल्भ्सले २–२ तथा बर्नली र ब्राइटनले १–१ को बराबरी खेलेका छन । ब्रेन्टफोर्डले सेफिल्ड युनाइटेडलाई २–० हराएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *