हेटौंडा सिमेन्ट उद्योगको समस्याबारे अर्थमन्त्री र उद्योग मन्त्रीसँग छलफल – Nepal Press

हेटौंडा सिमेन्ट उद्योगको समस्याबारे अर्थमन्त्री र उद्योग मन्त्रीसँग छलफल

हेटौंडा । हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको समस्या र उद्योग सञ्चालनको वातावण बनाउन मकवानपुरका निर्वाचित जनप्रतिनिधिले संघीय सरकारका मन्त्रीहरुलाइ भेट गरेका छ्न् ।

संघीय सरकारको स्वामित्वमा रहेको हेटौंडा सिमेन्टलाई आवश्यक बजेट उपलब्ध नहुँदा उद्योग सञ्चालन र कर्मचारी तलबभत्ता नपाई उद्योग बन्द हुने अवस्थामा पुगेको बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री एकालाल श्रेष्ठ र मकवानपुर २ का सांसद एवं नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तोला सहितको टोलीले अर्थमन्त्री वर्षमान पुन र उद्योगमन्त्री दामोदर भण्डारीलाई भेटी आवश्यक बजेट उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

बजेट अभावकै कारण उद्योगका २८ जना अवकासप्राप्त कर्मचारीले विगत २ वर्षदेखि प्राप्त गर्नुपर्ने सेवा सुविधा पाप्त गर्न नसकेको र यो बर्षपनि केही कर्मचारीहरु अवकाश पाउने क्रममा रहेकोले निकै समस्या झेलिरहेको नेपाल कारखाना श्रमिक संघ हेटौडा सिमेन्ट उद्योगका अध्यक्ष विशाल नेपालले बताए ।

तत्काल उद्योग सञ्चालनको लागि ६० करोड रुपैया आवश्यक रहेको भन्दै ऋण मार्फत नै भएपनि रकम उपलब्ध गराइदिन माग भएको उनको भनाइ छ ।

छलफलमा हेटौडा सिमेन्ट उद्योगका लागि आवश्यक बजेट उपलव्ध गराई उद्योग सञ्चालनका लागि अर्थमन्त्री पुन र उद्योग मन्त्री भण्डारी सकारात्मक भएको र छिटैनै केही बजेट उपलब्ध गराईदिने प्रतिवद्दता व्यक्त गरेको छलफलमा सहभागी जिफण्टका बागमती प्रदेश उपाध्यक्ष अर्जन अर्यालले जानकारी दिए ।

वि.स. २०३३ सालमा स्थापना भई २०४२ साल देखि व्यावसायिक उत्पादन सुरु गरेको नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योग स्थापनाकालमा नेपाल सरकारको जमानतमा एशियाली विकास बैंकवाट लिएको ऋण ७१ करोड ८८ लाख ८३ हजार २ सय अठसट्टि मध्ये ५९ करोड ८८ लाख ८३ हजार २ सय अठसट्टि र ब्याजतर्फ रु. ७० करोड ३१ लाख १९ हजार ५सय ४३ भुक्तानी भई सावा र ब्याज सहित भुक्तानी रु.१ अर्व ३० करोड २० लाख २ हजार ८ सय ११ भूक्तानी भइसकेको उद्योग प्रशासनले जनाएको छ भने आ. व. २०७९/०८० को अन्त्यमा १२ करोड सावा र ३४ करोड ६९ लाख ३६ हजार ९०८ ब्याज भुक्तानी गर्न बाँकि देखिन्छ । लेखापरीक्षण प्रतिवेदन अनुसार स्थापना देखि आ.व .०७८/०७९ सम्ममा उद्योग करिव ९० करोड घाटामा गएको उद्योग प्रशासनले जनाएको छ ।

उद्योगको वार्षिक ५२ लाख वोरा सिमेण्ट उत्पादन क्षमता रहेकोमा गतवर्षमा ९ लाख बोरा सिमेण्ट विक्री भएको जनाएको छ । चालु आर्थिक वर्षको हाल सम्म लगभग ४ लाख बोरा मात्रै सिमेन्ट विक्रि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर