पुराना सबै पार्टी खराब भन्ने भाष्य गलत हुन् : ओली – Nepal Press

पुराना सबै पार्टी खराब भन्ने भाष्य गलत हुन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको अभियानमा बाधा खडा गर्ने तत्वहरूले तीनवटा गलत भाष्य निर्माण गरिरहेको बताएका छन् ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीद्वारा नयाँ वर्ष २०८१ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बन्दैन भन्ने कुरा शतप्रतिशत झुटो रहेको बताए ।

उनले भने, ‘पुराना सबै पार्टी खराब हुन् भन्ने कुरा, जन्मसिद्ध श्रेष्ठता कायम गर्ने कुरा र नेपाल बन्दैन, कसैले बनाउन सक्दैन भन्ने कुरा अहिले अफवाहका रूपमा फैलाइएको छ, यी तीनै कुरा गलत हुन् ।’

नयाँ सत्ता समीकरण बनेसँगै मुलुक सही बाटोमा आएको उल्लेख गर्दै अब राष्ट्रिय हित तथा विकासको गति तीव्र ढङ्गले अघि बढ्ने जिकिर गरे । एमाले नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वको गठबन्धन बनेपछि मुलुकले निकै ठूलो क्षति बेहोर्नुपरेको उनको बुझाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर