‘म ठूलो र मैले पाउनुपर्छ’ भन्ने घमण्ड त्यागेर कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्न झलनाथको आह्वान – Nepal Press

‘म ठूलो र मैले पाउनुपर्छ’ भन्ने घमण्ड त्यागेर कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्न झलनाथको आह्वान

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले ८० को दशकलाई कम्युनिस्ट आन्दोलनको एकता र पुनर्गठनको अवधि बनाउन आह्वान गरेका छन् ।

नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सन्देश दिदै नेता खनालले ‘म ठूलो,म बलियो र मैले सबै कुरा पाउनुपर्छ’ भन्ने दम्भ र घमण्डबाट मुक्त हुन समेत कम्युनिस्ट पार्टीका नेताहरुलाई आह्वान गरेका छन् ।

पूर्व प्रधानमन्त्री खनालको वक्तव्यमा भनिएको छ– वर्षको ११ औँ महिनामा आइपुग्दा देशका वामपन्थी शक्तिहरू निकट आएका छन, संयुक्त सरकारमा सहभागी बनेका छन र जनता र राष्ट्रका साझा सवालमा एकताबद्ध भएको घोषणा गरेका छन् । यो एउटा सकारात्मक राजनीतिक विकास हो ।

तर के देशको परिस्थितिलाई र कम्युनिष्ट आन्दोलनलाई सकारात्मक दिशामा अघि बढाउन यति कुरा नै पर्याप्त छ त रु बिल्कुल छैन । त्यसका निम्ति सबै वामपन्थी समूहहरूमा “म ठूलो, म बलियो र मैले सबै कुरा पाउनुपर्छ” भन्ने जस्ता दम्भ र घमण्डबाट मुक्त हुनुपर्छ, सबैका बीच समानता र सम्मानका साथ साझा आधारमा एकताबद्ध बन्न र बनाउन सक्नुपर्छ

नेता खनालले टुटफुट र विभाजनबाट २०८० को अन्तिम समयमा वामपन्थी सहकार्य तथा गठबन्धनको नयाँ सरकार बनेकोमा खुसी व्यक्त गर्दै यसलाई भत्काउन खोज्ने दक्षिणपन्थी चलखेलबाट सचेत रहन समेत आग्रह गरेका छन् ।

खनालले भनेका छन्– देशी विदेशी दक्षिणपन्थी शक्तिहरु अहिलेको गठबन्धन सरकारलाई पनि तोड्न चाहन्छन, उनीहरु त्यसमा लागिरहेका छन, हामी त्यस बारेमा सचेत बनौँ र मुलुक तथा जनताका ज्वलन्त समस्याहरु समाधान गर्दै समाजवादको दिशामा दृढ भएर अघि बढौं ।
यसरी अघि बढेको खण्डमा ८० को दशक कम्युनिष्ट आन्दोलनको एकता, पुनर्गठन, अग्रगतिर र प्रगतिको दशक बन्न सक्छ ।

उनले देशलाई समाजवादको बाटोमा लैजाने अवसर वामपन्थी नेतृत्वलाई आएको भन्दै नयाँ वर्षले सबैमा यो कुरा आत्मसात गर्ने प्रेरणा दिने अपेक्षा व्यक्त गरेका छन् ।


प्रतिक्रिया

One thought on “‘म ठूलो र मैले पाउनुपर्छ’ भन्ने घमण्ड त्यागेर कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्न झलनाथको आह्वान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर