कीर्ते ऋणी खडा गरेर रकम कुम्ल्याउने ग्रामीण विकास लघुवित्तका कर्मचारीविरुद्ध मुद्दा दर्ता – Nepal Press

कीर्ते ऋणी खडा गरेर रकम कुम्ल्याउने ग्रामीण विकास लघुवित्तका कर्मचारीविरुद्ध मुद्दा दर्ता

काठमाडौं । ग्रामीण विकास लघुवित्त संस्थाका फिल्ड सहायक उदयकृष्ण अधिकारीउपर भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरिएको छ । अधिकारीले उक्त लघुवित्त (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक) चितवनमा रहँदा आर्थिक वर्ष २०६८/६९ देखि १९ लाख २ हजार २३७ रूपैयाँ अपचलन गरेको पुष्टि भएकाले सोहीबराबरको बिगो दाबी गरेर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अधिकारीले कीर्ते सदस्य बनाई विना धितो कर्जा दिएको, ऋणीबाट असूल सावाँ-ब्याज नखुलाई जग्गा किनेको, ऋण दिँदा कमिसन खाएको, धितोको जग्गा रोक्का नगरेको लगायतको उजुरीउपर अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर