सुर्तीजन्य वस्तुहरूको आयात, नियमन र नियन्त्रणमा सरकार कठोर बन्नुपर्छ : सांसद झा (भिडिओ) – Nepal Press

सुर्तीजन्य वस्तुहरूको आयात, नियमन र नियन्त्रणमा सरकार कठोर बन्नुपर्छ : सांसद झा (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुर्तीजन्य वस्तुहरूको आयात नियमन र नियन्त्रणमा सरकार कठोर बन्नुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद शृङ्खला कार्यक्रमलाई सम्बोधन गर्दै उनले निगरानीमा कडाइ नगरेकै कारण पनि भेप लगायतका धूम्रपानजन्य सामग्रीहरूको आयात बढिरहेको बताए ।

उनले समाजमा बिस्तारै परिवर्तन हुँदै गए पनि भनेजस्तो परिवर्तन हुन नसकेको जिकिर गरे । उनले धूम्रपान र मद्यपानमा सरकारले लिएको नीतिमा थप कडाइ गर्न जरुरी रहेको बताए । उनले सरकारले सुर्तीजन्य वस्तुका उत्पादकलाई बचाएर राख्नु नहुने बताए ।

उनले सुर्तीजन्य वस्तुहरूको सेवन कम गर्न र आयात रोक्न एउटा अभियान नै सञ्चालन गर्न जरुरी रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर