सुर्तीजन्य पदार्थलाई राजश्व आम्दानीको बाटो नबनाऔं : महेश बर्तौला (भिडिओ) – Nepal Press

सुर्तीजन्य पदार्थलाई राजश्व आम्दानीको बाटो नबनाऔं : महेश बर्तौला (भिडिओ)

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तीजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु नहुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रममा उनले सुर्तीजन्य पदार्थको सेवनबाट भएको क्षति ठूलो रहेकोले नियन्त्रणको बाटोमा जानुपर्ने बताए । राजनीतिक नेतृत्व पनि गलत कुराको अनुयायी बन्न नहुने बर्तौलाको तर्क छ ।

विश्वका धेरै देशहरूले पूर्ण प्रतिवन्ध गरेर अघि बढेको भन्दै उनले यो विषयलाई समाज, राजनीतिक दल संसद र सरकारको विषय बनाउनुपर्ने बताए ।

बर्तौलाले भने, ‘ठीक कुराको नेतृत्व गर्ने राजनीतिक नेतृत्वले बेठीक कुराको कुनै पनि अनुयायी बन्नु हुँदैन । राजनीतिक नेतृत्व त समाजको अभिभावक हो । भेपका बारेमा हाम्रो समाज अभ्यस्त छैन । सरकारले सुर्तीजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो पनि बनाउनु हुँदैन । यसबाट भएको क्षति ठूलो छ । झन्डै देशको मृत्युदरमा १९ प्रतिशत मानिस मृत्यु भएको तथ्यांक छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर