एभरेष्ट र एनएमबी बैंकको ब्याज बढ्यो- ५ वटाको स्थिर रहँदा अरुको कति ? (सूचीसहित) – Nepal Press
वैशाखको ब्याजदर

एभरेष्ट र एनएमबी बैंकको ब्याज बढ्यो- ५ वटाको स्थिर रहँदा अरुको कति ? (सूचीसहित)

काठमाडौ । वैशाख महिनाका लागि अधिकांश वाणिज्य बैंकले साधारण बचतमा ब्याजदर घटाएका छन् । हालै प्रकाशित नयाँ ब्याजदरअनुसार २ वटा वाणिज्य बैंकले बढाएका छन् । ५ वटाको स्थिर छ । तर, अधिकांश वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याज घटाएका छन् ।

औसतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर ७.०६ प्रतिशत भएको छ । चैतमा औसत ७.२५ प्रतिशत थियो । मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिनेमा एनएमबी बैंक रहेको छ भने सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको रहेको छ । एभरेष्ट बैंक र एनएमबी बैंकले ब्याजदर बढाएका छन् । एभरेष्टको ब्याजदर ०.५ प्रतिशतले बढेर ७ प्रतिशत पुगेको छ भने एनएमबी बैंकको ७.९७ प्रतिशत पुगेको छ ।

हिमालयन बैंक, कृषि विकास बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र स्ट्याडर्ड चार्टड बैंकको स्थिर रहेको छ ।

औसतमा बैंकहरूको ब्याजदर ०.१८ विन्दुले घटेको छ । पछिल्ला महिनामा बैंकहरूले लगातार जसो ब्याजदर घटाइरहेका छन् । प्रणालीमा अधिक तरलताको अवस्था छ । कर्जा प्रवाह पनि अपेक्षित हुन सकेको छैन ।

हेर्नुस् कुन बैंकको अधिकतम ब्याजदर कति-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर