कम्बाईन मेसिनमा आगलागी, लाखौंको गहुँ नष्ट – Nepal Press

कम्बाईन मेसिनमा आगलागी, लाखौंको गहुँ नष्ट

रुपन्देही । कपिलवस्तुको मायादेबी गाउँपालिका वडा नं २ भैसकुन्डामा बुधवार मध्यान्नमा कम्पाइन मेसिन र गहुँ खेतमा आगलागी भएको छ । स्थानीय लहेब खाँको गहुँ खेतमा कम्बाइन मेसिनले गहुँ स्याहार्ने क्रममा आगलागी भएको हो ।

कम्बाइन मेसिनले गहुँ स्याहार्दै गर्दा अचानक आफैँ आगलागी सुरु भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए । आगलागीबाट लु २ त ८८५६ नम्बरको कम्बाइन जलेर पूर्णरुपमा नष्ट भएको उनले बताए ।

सो कम्बाइन मेसिन स्थानीय मुस्ताक अहमद्को हो । आगलागीबाट ३ बिघा खेतमा लगाइएको काट्ने तयारी अवस्थामा रहेको गहुँ नष्ट हुँदा झण्डै चार लाखको क्षति भएको अनुमान गरिएको ओलीले जनाएका छन् ।

सो आगलागी कपिलवस्तु नगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयबासीको प्रयासमा नियन्त्रणमा लिइएको थियो । एक सातायता जिल्लाका दर्जनौं स्थानमा काट्ने तयारी अवस्थामा रहेको गहुँ खेतमा आगलागी हुँदा लाखौ रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *