संघीय निजामती ऐन छिट्टै आउँछ: मन्त्री जोशी (भिडिओ) – Nepal Press

संघीय निजामती ऐन छिट्टै आउँछ: मन्त्री जोशी (भिडिओ)

रुपन्देही । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती ऐन छिट्टै संसदबाट पारित हुने बताएका छन् ।

मुलुक संघीयतामा गए पनि लामो समयसम्म पारित हुन नसकेको संघीय निजामती ऐन छिट्टै पारित हुने मन्त्री जोशीले बताएका हुन् ।

नेकपा एकीकृत समाजवादी रुपन्देहीका अगुवा कार्यकर्तासँग भेटघाटपछि बुधबार बोल्दै मन्त्री जोशीले आफू संघीयतालाई बलियो बनाउन र सुशासन कायम गर्नसमेत उक्त ऐन आउनुपर्ने पक्षमा रहेको बताए ।

‘यो ऐन कार्यान्वयनमा जाँदा ठूलो उपलब्धि हुन्छ’, उनले भने, ‘यसले देशभरका कर्मचारीहरुको व्यवस्थापन सहज हुनेछ ।’

उनले स्थानीय र प्रदेश तहको समेत कर्मचारी समायोजनलगायतका कार्यहरु गरिने बताए ।

मन्त्री जोशीले आफू कर्मचारी व्यवस्थापनका लागि आवश्यक नीति नियम बनाउने काममा खटिएको बताउँदै अहिले सुशासन कायम गर्दै संघीयतालाई दिगो बनाउन आवश्यक रहेको र त्यसलाई प्राथमिकतामा राखेर काममा अघि बढेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *