आधा दर्जन गोल भएको खेलमा रियल र सिटी बराबरी – Nepal Press

आधा दर्जन गोल भएको खेलमा रियल र सिटी बराबरी

हेटौंडा । युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीले रोमाञ्चक बराबरी खेलेका छन् । आधा दर्जन गोल भएको खेलमा रियल र सिटिले बराबरी खेल खेलेका हुन् ।

रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेल ३–३ को बराबरीमा सकिएपछी दुई दावेदारको ८ दिनपछि हुने दोश्रो भिडन्त थप रोचक बन्ने देखिन्छ ।

रियलको घरेलु मैदानमा भएको खेलको ९ औं मिनेटमा सिटिले बर्नाडो सिल्भाको गोलमार्फत अग्रता लिएको थियो । फ्री किक मार्फत सुन्दर गोल गर्दै सिल्भाले घरेलु दर्शकलाई निराश बनाइदिएका थिए ।

तर त्यसको ३ मिनेटपछि रियलले बराबरी गर्न सफल बन्यो । एडुवार्डो कामाभिंगाले गोल गर्दै टिमलाइ १२ औं मिनेटमा बराबरीमा ल्याए ।

खेलको १४औं मिनेटमा रियलले पुनः गोल गर्दै टिमलाई अग्रता दिलाए । रियलका रोड्रीगोले गोल गरेपछी पहिलो हाफमा रियल २–१ को अग्रता लिन सफल बन्यो । दोश्रो हाफको ६६औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–२ को बराबरीमा लगे ।

रोमान्चक खेलको ७१ औं मिनेटमा सिटिका डिफेन्डर जोस्को गवार्डीओल मार्फत गोल गर्दै सिटिलाइ ३–२ को अग्रता दिलाउन सफल भए । तर ७९ मिनेटमा रियलले ३–३ को बराबरिमा खेल लग्यो । रियलका फेडेरिको भालभर्डेले गोल गरे र पहिलो लेग बराबरिमा सकियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *