ई-मेल पनि अब एआईले नै तयार परिदिने – Nepal Press

ई-मेल पनि अब एआईले नै तयार परिदिने

काठमाडैं । अब गुगलको ई–मेल पनि एआईले नै तयार पारिदिने भएको छ । गुगलले जेमीनीको एआई फिचरबाट ई–मेल लेखिदिने फिचर ल्याएको हो ।

जसबाट प्रयोकर्ताले ‘हेल्प मी राइट’ नामक अप्सनबाट आफुले लेख्न चाहेको कुराको सारले लेखेर मात्रै पुरै ई–मेल तयार पारिदिने भएको सुविधा रहेको छ ।

गुगलमा प्रयोगकर्ताहरुले ‘जिमिनी एडभान्सड’ को एक्सेसबाट ई–मेल तयार पारिदिने, लेटर लेखिदिने तथा प्रपोजल तयार पारिदिनेसम्मको सुविधा प्रयोग गर्न पाउने गुगलले उल्लेख गरेको छ । जसले गर्दा अब एआई एन्ड्रोइर्ड प्रयोगकर्ताका लागि ई–मेल कम्युनिकेशन अप्टिमाइज गरिने जनाइएको छ ।

यो सुविधा गुगल वान एआई प्रिमियम सदस्यहरुका लागि मात्रै उपलब्ध रहेको छ । जसमा प्रयोगकर्ताहरुले मार्सिक र वर्षिक रुपमा शुल्क तिरेर जेमिनीको एक्सेस लिन सक्नेछन् । गुगलले आफ्नो प्लेटफर्म जिमेल, डक्समा, स्लाइडर तथा अन्यमा जिमिनीको एक्सेस उपलब्ध गराएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर