सीजी इलेक्ट्रोनिक्सको केन्ट आरओले ल्यायो नयाँ वर्ष २०८१ अफर – Nepal Press

सीजी इलेक्ट्रोनिक्सको केन्ट आरओले ल्यायो नयाँ वर्ष २०८१ अफर

काठमाडौं । ई.ओ.एल. प्रा. लि., नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यसपालिको नयाँ वर्षलक्षित ग्राहक योजना ल्याएको छ ।

भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आर.ओ.ले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्ष नयाँ सन्तुष्टिको साथ’ भन्ने नारासहित जारी गरेको यस अफरअन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडल को खरिदमा इलेक्ट्रिक केटल पाउनुहुनेछ । यो ग्राहक योजना चैत २३, २०८० देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।

आज सफा पिउने पानीे आवश्यकता बनेको छ । प्रत्येक वर्ष लाखौं मानिसहरु पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन् ।

तपाईंले पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ । साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ ।

पिउनुभन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ । यसैले, केन्ट आर.ओ.बाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको छ ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र उपलब्ध छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर