नेकपा एसले दाबी छोडेपछि राष्ट्रियसभा उपाध्यक्षमा दुईजनाको मात्रै उम्मेदवारी – Nepal Press

नेकपा एसले दाबी छोडेपछि राष्ट्रियसभा उपाध्यक्षमा दुईजनाको मात्रै उम्मेदवारी

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा दुईजनाको मात्रै उम्मेदवारी परेको छ । एमालेको तर्फबाट विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले मात्र मनोनयन दर्ता गराएका हुन् । चैत २८ गते हुने निर्वाचनका लागि आज १:४५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।

एमालेको तर्फबाट उम्मेदवारी दिएकी घिमिरेलाई सत्ता गठबन्धनको पनि साथ भएकाले जित निश्चित छ । यद्यपि, गठबन्धनमा आवद्ध माधव नेपाल नेतृत्वको नेकपा एसले पनि उपाध्यक्षको भाग आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरेको थियो । तर, आफ्नो भागमा नपर्ने भएपछि उम्मेदवारी पनि नदिइएको नेकपा एसका एक पदाधिकारीले नेपाल प्रेसलाई बताए ।

माओवादी केन्द्रका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन् । ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद चाहिन्छ ।

उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त उपाध्यक्ष पदमा निर्वाचन गर्न लागिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर