विशेष अधिवेशन छल्ने मुख्यमन्त्रीको दाउ- डेढ महिनापछि संसद बोलाउन सिफारिस – Nepal Press

विशेष अधिवेशन छल्ने मुख्यमन्त्रीको दाउ- डेढ महिनापछि संसद बोलाउन सिफारिस

विराटनगर । कोशी सरकारले २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन् ।

एमाले र माओवादीले संसदको विशेष अधिवेशन बोलाउन प्रदेशप्रमुख समक्ष माग गरेपछि प्रदेश सरकारले हतार-हतार डेढ महिनापछिका लागि प्रदेशसभा बैठक बोलाउन सिफारिस गरेको हो । मुख्यमन्त्री कार्यालयबाट सिफारिस पत्रमा चैत २६ गतेको मन्त्रिपरिषद्को निर्णयले अधिवेशन बोलाउन सिफारिस गरिएको उल्लेख छ ।

यसअघि एमाले माओवादीका ५३ जना प्रदेशसभा सदस्यहरूले हस्ताक्षर गर्दै आजै प्रदेश प्रमुख खापुङसमक्ष विशेष अधिवेशनको माग गरेका हुन् । एमाले माओवादी प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम कोशी प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेश सरकारका विभिन्न पदाधिकारीलाई संकल्प प्रस्तावमार्फत आवश्यक निर्देशन दिन आवश्यक रहेकाले धारा १८३ को उपधारा ३ बमोजिम अधिवेशनको माग गरेका हुन् ।

विशेष अधिवेशनको माग छल्न हतार हतार मुख्यमन्त्री कार्कीले जेठ ११ गतेका लागि संसद् बोलाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर