एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित, अरु पदाधिकारी को को ? – Nepal Press

एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित, अरु पदाधिकारी को को ?

काठमाडौं । नेकपा एमाले ललितपुर जिल्ला कमिटीको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित भएका छन् । तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै दोस्रो कार्याकालका लागि आचार्य अध्यक्षमा निर्वाचित भएका हुन् ।

सोमबार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य आस्था जिल्ला कमिटी उपाध्यक्ष र राम राउत सचिवमा निर्वाचित भएका छन् ।

त्यस्तै उपसचिवमा प्रभाकर थापा र आशा राई निर्वाचित भएका छन् । अधिवेशनबाट १२० सदस्यीय जिल्ला कमिटी चयन भएको एमाले ललितपुर इन्चार्ज शेरबहादुर तामाङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर