ढल्केवरमा मालपोत कार्यालय सार्न लागेको विरोधमा स्थानीयले गरे चक्का जाम (भिडिओ) – Nepal Press

ढल्केवरमा मालपोत कार्यालय सार्न लागेको विरोधमा स्थानीयले गरे चक्का जाम (भिडिओ)

धनुषा । धनुषाको ५ वटा पालिकालाई सेवा दिनेगरी मिथिला नगरपालिकास्थित ढल्केवरमा मालपोत कार्यालय सार्न लागेको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् ।

जनकपुरधामको विकासमा अवरोध खडा गर्नेगरी मालपोत कार्यालय सार्ने निर्णय गरिएको भन्दै मालपोतविरुद्धको संघर्ष समिति गठन गरेर स्थानीय प्रदर्शनमा उत्रिएका हुन् । गोप्यरूपमा मालपोत कार्यालय सार्ने विषयमा आफूहरूलाई जानकारी भएलगत्तै सीडीओलाई ज्ञापन पत्र बुझाएपनि वास्ता नगरेकाले संघर्षमा उत्रिनु परेको संघर्ष समितिका संयोजक रमण सिंहले जानकारी दिए ।

प्रदर्शनमा उत्रिएका स्थानीय मालपोत कार्यालय धनुषाको काम एक घण्टा अवरुद्ध गर्नुका साथै एक घण्टा चक्का जामसमेत गरेका छन् । २०७२ साल असोज १४ गते मन्त्रिपरिषदको निर्णयअनुसार धनुषाको ५ पालिकालाई सेवा प्रदान गर्नेगरी मिथिला नगरपालिकास्थित ढल्केवरमा कार्यालय सार्न लागिएको हो ।

सो कार्यालयबाट धनुषाको धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका र बटेश्वर गाउँपालिकालाई सेवा प्रदान गरिनेछ । यद्यपि संघर्ष समितिले प्रत्येक पालिकामा मालपोतको सेवा प्रदान गर्नेगरी कार्यालय खोलिए मात्रै कार्यालय सार्ने निर्णय आफूहरुलाई मान्य हुने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *