सचिव राय र सहसचिव अर्यालको राजीनामा स्वीकृत – Nepal Press

सचिव राय र सहसचिव अर्यालको राजीनामा स्वीकृत

काठमाडौं । महालेखापरीक्षकमा सिफारिस भएका राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम रायको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएकी हुन् ।

रायलाई केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठकले रिक्त रहेको महालेखापरीक्षकमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

उनका अनुसार उक्त बैठकले नेपाल वन सेवा, फरेष्ट रिसर्च समूह, राजपत्रांकित प्रथम श्रेणीका सहसचिव रावित्री अर्यालले दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।

मन्त्री शर्माका अनुसार संयुक्त राज्य अमेरिकाको सान डिएगो, क्यालिफोर्नियाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत ऋषि पुनाखर ढकाल र जर्मनीको नर्थ राइन, वेष्टफालिया ब्रेमेन र लोअर स्याक्सोनी क्षेत्रका लागि अवैतनिक महावाणिज्यदूत रामप्रताप थापाको पदावधि थप गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर