सरकारविरुद्ध सिंहदरबारअगाडि नेविसंघको प्रदर्शन (भिडिओ) – Nepal Press

सरकारविरुद्ध सिंहदरबारअगाडि नेविसंघको प्रदर्शन (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेको छ ।

संविधान कार्यान्वयन गर्नुपर्ने, नागरिकको उपचार राज्यले गर्नुपर्ने, नि:शुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो । सोक्रममा प्रहरीले हस्तक्षेप गरी केहीलाई नियन्त्रणमा लिएको छ ।

प्रदर्शनकारीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै कदम चाल्न नसकेको साथै सहकारी प्रकरणमा गृहमन्त्रीमाथि अनुसन्धान गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।

तस्बिरहरू : उमेश कार्की 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर