विद्रोहीसँग हार्‍यो म्यानमारको सेना, गुमायो थाइल्यान्डसँग जोडिएको सहर – Nepal Press

विद्रोहीसँग हार्‍यो म्यानमारको सेना, गुमायो थाइल्यान्डसँग जोडिएको सहर

काठमाडौं । सत्ता कब्जा गरेर बसेको म्यानमारको सेनाले विद्रोहीसँगको लडाइमा फेरि अर्को सीमा सहर गुमाएको छ ।

बीबीसीका अनुसार थाइल्यान्डसँग सीमा जोडिएको म्यानमारको सहर म्यावाडीमा कब्जा गुमाएको हो ।

सरकारी सेनाले स्थानीय कारन तथा अरू सेना विरोधी सैन्य समूहसँग मिलेर सेनालाई पराजित गरेका हुन् । शुक्रवार भएको निर्णायक भिडन्तपछि सेना पराजित भएको हो ।

सन २०२१ मा निर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता कब्जा गरेको म्यानमारको सेना अहिले चौतर्फी तनावमा छ ।

देशका उठेका जातीय तथा क्षेत्रीय विद्रोही समूहहरू उसको लागी मुख्य चुनौती भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर