सुकेधारामा लाभिस गार्डेनको ‘ओपेनिङ अफर’- डेटिङदेखि मिटिङसम्म खानपिनमा २५ प्रतिशत छुट – Nepal Press

सुकेधारामा लाभिस गार्डेनको ‘ओपेनिङ अफर’- डेटिङदेखि मिटिङसम्म खानपिनमा २५ प्रतिशत छुट

काठमाडौं । नयाँ वर्षको पूर्वसन्ध्यामा नयाँ प्रकारको भौतिक संरचना र नयाँ स्वादसहितको अत्याधुनिक रेष्टुरेन्ट शनिवारदेखि काठमाडौंको सुकेधारामा ‘ओपेनिङ भएको छ ।

सुकेधारा चोक र गोपीकृष्ण पुलको बीचमा नवदुर्गा पार्टी प्यालेससँगैको करीब ३ रोपनी क्षेत्रफलमा फैलिएको ‘लाभिस गार्डेन’ रेष्टुरेन्ट परिवार, बालबालिका र युवायुवती सबैलाई उपयुक्त गन्तव्य हुनेगरी बनाइएको छ ।

लाभिस गार्डेनका सञ्चालक टेकराज थापाका अनुसार बालबालिकालाई खेल्ने ठाउँदेखि विभिन्न सानाठूला बैठक गर्ने बैठक हलसहितका कोठाहरु समेत रेष्टुरेन्टमा उपलब्ध छन् ।

नाम नै लाभिस गार्डेन भएकाले यस रेष्टुरेन्टको विशेषता बगैंचामा बसेर प्राकृतिक आनन्दसँगै खानाको स्वाद लिन सकिने थापाले बताए । नेपाली दालभातदेखि ‘लाइभ बारबिक्यु’ र ग्राहकको स्वाद र चाहना अनुसारका परिकार फरक स्वदमा उपलब्ध गराइने उनले बताए ।

एकपटकमा साढे २ सय जनासम्म ग्राहकलाई सेवा उपलब्ध गराउनेगरी जनशक्ति र खुला ठाउँ रहेको रेष्टुरेन्टले जनाएको छ । बालबाटिकाका साथै पर्याप्त पार्किङ,खुला बगैंचा र लाइभ म्युजिक रेष्टुरेष्टको विशेषता रहेको थापाले बताए ।

लाभिस गार्डेनले चैत २९ गतेसम्म सबै खानामा २५ प्रतिशत आपेनिङ डिस्काउन्ट दिने जनाएको छ । डेटिङदेखि मिटिङसम्म सबैलाई आ आफ्नो रुचीअनुसार गार्डेन र रुमहरु रेष्टुरेन्टले उपलब्ध गराउने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *