इलाम- २ मा कांग्रेसका डम्बर खड्काले गरे उम्मेदवारी दर्ता (भिडिओ) – Nepal Press

इलाम- २ मा कांग्रेसका डम्बर खड्काले गरे उम्मेदवारी दर्ता (भिडिओ)

काठमाडौं । इलाम २ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेर खड्काले उम्मेदवारी दर्ता गराएका हुन् ।

वैशाख १५ गते हुने उपनिर्वाचनको लागि अहिले उम्मेदवारी दर्ता जारी छ ।

एमालेका सुहाङ नेम्वाङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का श्यामबहादुर दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमलगायतले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

कांग्रेस उम्मेदवार खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्बाङसँग १४४ मतले पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर