धनुषा निर्माण व्यवसायी संघको निर्वाचन: मतदान जारी, सडकमा जताततै प्रचार सामग्री – Nepal Press

धनुषा निर्माण व्यवसायी संघको निर्वाचन: मतदान जारी, सडकमा जताततै प्रचार सामग्री

जनकपुरधाम । धनुषा निर्माण व्यवसायी संघमा नेतृत्वका लागि आज मतदान हुँदैछ । जनकपुरधामस्थित उद्योग बाणिज्य संघमा विहान साढे १० बजेबाट मतदान सुरु भएको हो ।

संघको ११ सदस्यीय कार्यसमितिका लागि मतदान भइरहेको छ । मतदानस्थलमा ठूलो तामझाम देख्न सकिन्छ । उम्मेदवारहरु ठूला ठूला प्रचार सामग्री सडकमा झुण्ड्याएका छन् ।

संघको अध्यक्षका लागि चार जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । निर्माण व्यवसायीहरु अशोक चौधरी, रमेश यादव, जगदिश महासेठ र प्रदिप गुप्ता अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रेका छन् । उनीहरु प्यानल खडा गरेका छैनन् ।

उपाध्यक्षका लागि बिरेन्द्र झा, जयप्रकाश साह, दिपक शर्मा, सुरेन्द्र राई, सन्तोष साह र विकास साह उम्मेदवार छन् । सहसचिवमा बिरेन्द्र यादव, रुपेश सिंह, राकेश जयसवाल, विकास प्रसाद यादव र राजेश दास चुनावी मैदानमा छन् ।

तस्तै सचिवका लागि सन्तोष मुखिया, मनोज साह, मुकेश कर्ण र नवनीत कुमार झा प्रतिस्पर्धा गरिरहेका छन् । कोषाध्यक्षमा जयप्रकाश यादव, सुनिल कुमार साह, लक्ष्मण कुमार यादव, रंजित राज सिंह र वैजनाथ यादव उम्मेदवार छन् ।

संघको छ जना सदस्यका लागि ‘कवर्गबाट सन्तोष यादव र ‘ख’ वर्गबाट सुभाषचन्द्र चौधरी निर्विरोध निर्वाचित भइसकेका छन् । ‘ग’ वर्गबाट कसैले उम्मेदवारी दिएका छैन् ।

‘घ’ वर्गबाट तीन सदस्य चयन गर्नुपर्नेमा ८ जना उम्मेदवारी दिएका छन् । ‘घ’वर्गबाट सदस्य चुनिन सिबेश ठाकुर, सुजित झा, राजिव साह, कमलेश जयशवाल, दिपक यादव, प्रदिप भण्डारी, विश्वनाथ यादव र अरबिन्द ठाकुर चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

संघका ५९५ सदस्य मतदाता छन् । जसमध्ये लगभग सतप्रतिशत मतदान गर्ने निर्माण व्यवसायीहरु बताउँछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर