रास्वपाको चेतावनीः ‘कुन सहकारीबाट पैसा झिकेर चुनाव जित्नुभयो, खोज्न नपरोस्’ (भिडिओ) – Nepal Press

रास्वपाको चेतावनीः ‘कुन सहकारीबाट पैसा झिकेर चुनाव जित्नुभयो, खोज्न नपरोस्’ (भिडिओ)

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सहकारी ठगी प्रकरणमा रास्वपालक्षित टिप्पणी गर्ने सांसदहरुको अनियमितताको बारेमा खोज्न बाध्य नबनाउन चेतावनी दिएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले आजसम्म सहकारीको समस्या समाधानका लागि कुनैपनि राजनीतिक दलले केही पहल नगरेको दाबी गरे ।

उनले कुन राजनीतिक दलले सहकारी समस्या समाधानको बारेमा संसदमा आवाज उठायो ? भन्दै प्रश्न गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टी इक्वेल सहकारी भन्दै हिँड्ने सांसहरुप्रति लक्षित गर्दै कुन सहकारीबाट पैसा झिकेर गाडी, जग्गा किनेको र चुनाव जितेको छ भन्नेकुरा खोज्न नपरोस् भन्दै चेतावनी दिए ।

उनले भने, ‘आजसम्म यो देशमा सहकारीको समस्या समाधानका लागि कुन चाहीँ राजनीतिक दलले के गर्‍यो ? कुन चाहीँ राजनीतिक दलले आज सदनमा समाधानको उपाय बोल्यो ? होइन, रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी । राष्ट्रिय स्वतन्त्र पार्टी इक्वेल सहकारी । तपाईहरु जसले जसले सहकारीको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुप्रति कुरा गरिरहनुभएको छ । एक पटक घरमा गएर आफ्नो लकर खोलेर हेर्नुस्, कति वटा सहकारीको खाता तपाईंसँग छ । ती सहकारीको अवस्था के छ र तपाईले के गर्नुभयो आजसम्म ? ति सहकारीलाई प्रयोग गरेर । हामीले खोज्न नपरेस् । हामीले अब पैसा तिर्नुपर्दैन । हाम्रा साथीहरुले त्यसै खोज्छन्, तपाईंहरु कुन कुन सहकारीमा हुनुहुन्छ, कुनकुन सहकारीमा अनियमितता गर्नुभयो, कुनकुन सहकारीको पैसा निकालेर जग्गा, गाडी किन्नुभयो, चुनाव जित्नुभयो, त्यो विषयमा हेर्न नपरेस् । हाम्रा साथीहरु तपाईंहरुले जस्तो पैसा तिरेर राख्नुपर्दैन । देशभरबाट तपाईंहरुको बारेमा नखोजेको मात्रै । तपाईहरु इमान्दारी होओस् भनेर मात्रै बसिरहेको हो, हेरिरहेको हो । त्यसकारण मैले ति साथीहरुलाई, ति सांसदज्युहरुलाई, ति नेतृत्वलाई विनम्र अनुरोध छ । हामी सहकारीको समस्या समाधानको लागि काम गरौँ । सहकारी पीडितको पैसा फिर्ता गर्नेतिर सोच्ने की मान्छेलाई जेलमा कोचेर उनीहरुको पैसा फिर्ता नगर्नेतिर जाने हो ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर