ललितपुरको मेटल कारखानामा आगलागी, एक जनाकाे मृत्यु – Nepal Press

ललितपुरको मेटल कारखानामा आगलागी, एक जनाकाे मृत्यु

काठमाडौं । ललितपुरको हात्तिवनस्थित एक कारखानामा लागेको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान ललितपुर महानगरपालिका-२३ स्थित सिक्मा मेटल इन्टेक्समा लागेको आगलागीमा परेर एक जनाको मृत्यु भएको हो ।

आगो नियन्त्रणमा लिइसकेपछि एक पुरुषको शव जलेको भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए । आगलागीमा परी मृत्यु भएको पुरुषको सनाखत हुन नसकेको उनले बताए ।

उनका अनुसार अहिले आगो नियन्त्रणमा आइसकेको छ ।
विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।महानगरपालिकाको दमकल, सशस्त्र प्रहरी नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *