रामहरि श्रेष्ठ हत्या प्रकरण : कालीबहादुरलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश (भिडिओ) – Nepal Press

रामहरि श्रेष्ठ हत्या प्रकरण : कालीबहादुरलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश (भिडिओ)

चितवन । कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोग लागेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन चितवन अदालतले आदेश दिएको छ ।

न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको जिल्ला अदालत चितवनका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले नेपाल प्रेसलाई बताए ।

सर्वोच्च अदालतबाट बुधबार साँझ मिसल आइपुगेपछि हिजो खामको बयान सुरू भएको थियो । तर, वादीका तर्फबाट तीन र प्रतिवादी खामका तर्फबाट दुई जनामात्रै अधिवक्ताले बहस गर्न भ्याएपछि मुद्दा मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

१५ वर्षदेखि फरार रहेका खामलाई मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरी चितवन अदालतमा पेश गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *