नेपाल प्रहरीका ८ एसपीले लगाए फुली – Nepal Press

नेपाल प्रहरीका ८ एसपीले लगाए फुली

काठमाडौं । नेपाल प्रहरीको रिक्त ८ प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका सिनियर अधिकृतले शुक्रबार दर्ज्यान्ही चिन्ह लगाएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहबीच आईजीपी बसन्तबहादुर कुँवरले उनीहरुलाई फुली लगाइदिएका हुन् । गत साता बढुवा समितिले ८ डीएसपीलाई बढुवाका लागि सिफारिस गरेको थियो ।

अंगुर जीसी, सन्तोष तामाङ, राजन लिम्बू, विनोद घिमिरे, श्यामबाबु ओलिया, निरञ्जनदत्त भट्ट, ढकेन्द्र खतिवडा र यादव ढकालले एसपीको दर्ज्यान्ही चिन्ह लगाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर