विश्व दबाबमा झुक्यो इजरायलः गाजाको सीमा सहायताको लागि खुला गर्न तयार – Nepal Press

विश्व दबाबमा झुक्यो इजरायलः गाजाको सीमा सहायताको लागि खुला गर्न तयार

काठमाडौं । मानवीय सहायता सामाग्रीहरु वितरण गर्न इजरायलले बन्द गर्दै आएको गाजा सीमामा खुला गर्न इजरायल सहमत भएको छ । यस अगाडि इजरायल सहमत नभएर इजिप्टसँगको सीमा तथा हवाई माध्यमबाट मानवीय सहायता सामाग्रीहरु वितरण हुँदै आएको थियो ।

रुसी विश्व च्यानल आरटीका अनुसार इजरायलले इरिज सीमाबाट यस्तो सहायता सामाग्रि दिन तयार भएको जनाएको छ । गत अक्टोबर ७ मा भएको हमासको आक्रमण र त्यसको प्रतिकारमा भएको इजरायली प्रत्याक्रमणका क्रममा सबै इजरायली सीमा गाजाको लागि बन्द भएका थिए ।

आज इजरायली प्रधानमन्त्री कार्यालयले दिएको एक सूचना अनुसार अल्पकालिन समयमको लागि मानवीय सहायता सामाग्रि दिन इजरायलले गाजाको सीमा खुला गर्न राजी भएको छ । मानवीय संकटको समाधान गर्न यस्तो गरिएको इजरायली प्रधानमन्त्री कार्यालयले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर