परपुरुषसँग लागेको आरोपमा श्रीमतीको हत्या, ४ दिनअघि मात्र विदेशबाट फर्किएका थिए श्रीमान् – Nepal Press

परपुरुषसँग लागेको आरोपमा श्रीमतीको हत्या, ४ दिनअघि मात्र विदेशबाट फर्किएका थिए श्रीमान्

झापा । बाह्रदशी गाउँपालिका-१ का ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । चार दिनअघि मात्र वैदेशिक रोजागरीबाट फर्किएका उनले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए ।

श्रीमतीलाई परपुरुषसँग लागेको आरोप लगाउँदै घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको देखिएको उपरीक्षक केसीले जानकारी दिए । प्रहरीले देवनारायणलाई पक्राउ गरिसकेको छ । ममसरी दिव्यज्योती मावि राजगढमा पढाउँथिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *